logo-img

बर्दियामा बाघ नियन्त्रणको माग राखेर प्रदर्शन, प्रहरीले गोली चलाउँदा किशोरीको मृत्यु

बर्दियामा बाघ नियन्त्रणको माग राखेर गरिएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक किशोरीको मृत्यु भएको छ। मधुवन नगरपालिका वडा नम्बर २, सोनाहा गाउँमा बाघको आक्रमणबाट एकजना घाइते भएपछि स्थानीयले प्रदर्शन गरेका थिए ।  

त्यस क्षेत्रमा बाघले पटक–पटक आक्रमण गरिरहेको छ। आफ्नै खेतमा काम गरिरहेकी अस्मिता थारुलाई बिहान ९ बजे बाघले आक्रमण गरेको थियो। 



बाघको नियन्त्रणको माग राखेर स्थानीयबासीले दिउँसो पौने दुई बजेबाट ओराली बजारमा प्रदर्शन गरेका थिए। साँझ पौने ६ बजे प्रहरीले बाटो खुलाउन खोज्दा झडप भएको थियो।

प्रदर्शनकारीले ढुंगा हान्दा केही प्रहरी घाइते भएपछि हवाई फायरिङ गरिएको थियो। त्यसक्रममा गोली लागेर १८ वर्षकी नविना थारुको मृत्यु भएको छ। नविनाको शव बर्दिया जिल्ला अस्पतालमा रहेको छ।





  • प्रकाशित मिति : जेठ २३, २०७९ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया