राष्ट्रपतिबाट नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७८ प्रदान

राष्ट्रपति विद्यादेवी भण्डारीले छ फरक विधाका कलाकारलाई नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७८ प्रदान गरेकी छन् । 

राष्ट्रपति कार्यालय शीतल निवासमा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा उनले संगीत तथा नाट्य क्षेत्रका छ जना वरिष्ठ सर्जकहरूलाई पुरस्कार प्रदान गरेकी हुन्।

जसअनुसार रंगमञ्च विधामा रंगकर्मी ऋद्धिचरण श्रेष्ठ, परम्परागत तथा शास्त्रीय संगीत विधामा जलतरंग वादक मोहनप्रसाद जोशी, नृत्य विधामा नृत्य निर्देशक विणा राजभण्डारी जोशी, नाट्य विधामा नाट्यकर्मी मनबहादुर मुखिया, संगीत विधामा सर्जक मोहनकृष्ण कार्की, ढली तथा लोक संगीत विधामा लोकसर्जक अमर विरही गुरुङले पुरस्कार पाएका छन् । उनीहरूले ताम्रपत्रसहित जनही एक–लाख एक पाएका छन् ।

राष्ट्रपति भण्डारीले नेपाली मौलिक कलाको खोजी गर्दै तिनलाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउनु प्रतिष्ठानको दायित्व रहेको बताइन् । उनले सम्मानित स्रष्टा तथा सर्जकहरू राष्ट्रका यस्ता गहना भएको उल्लेख गरिन् । 

प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठले प्रतिष्ठानले छिट्टै नै भाडाको घरबाट आफ्नै प्रशासनिक भवनमा सरेर आगामी गतिविधिलाई निरन्तरता दिने जानकारी गराए । 

प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले प्रतिष्ठानले हालसम्म गरेका गतिविधिका बारेमा जानकारी गराएका थिए ।





  • प्रकाशित मिति : जेठ २३, २०७९ साेमबार २२:१३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया