जासुसी गरेकाे आराेपमा इजरायलका पूर्वमन्त्री गाेगेनलाई ११ वर्ष जेल

एजेन्सी– इजरायलका पूर्व क्याबिनेट मन्त्री गोनेन सेगेवलाई इरानका लागि जासुसी गरेको भन्दै ११ वर्षको जेल सजाय सुनाइएको छ । इजरायलको न्यायिक मन्त्रालयले यसको जानकारी दिएको हो ।

गोनेन १९९० को समयमा इजरायलका उर्जा मन्त्री भएका थिए । उनले इरानका लागि आफूले जासुसी गरेको स्वीकार गरेका छन् । ५३ वर्षीय गोनेनमाथि गोप्य सरकारी सुचना र सेनासँग सम्बन्धित अन्य सुचनाहरु इरानलाई दिएको आरोप लागेको थियो । 

उनले इजरायलको सैन्य ठेगाना र सुरक्षा संस्थाका अधिकारीहरुको जानकारी इरानलाई दिएका थिए । 

गोगेनलाई यो भन्दा पहिला २००५ मा राजनीतिक पासपोर्ट प्रयोग गरेर नेदरल्यान्डबाट ३० हजारको लागूपदार्थ तस्करी गरेको आरोपमा पाँच वर्ष जेल जानु परेको थियो । यसपछि उनी नाइजेरिया गएका थिए । 

उनको सजायको औपचारिक घोषणा ११ फेबु्रअरीमा हुनेछ । तर यस केसमा इरानी अधिकारीहरुको भने कुनै बयान आएको छैन् । 





  • प्रकाशित मिति : पुस २६, २०७५ बिहीबार १२:४४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया