नेयमारको निर्णायक गोलमा ब्राजिलको रोमाञ्चक जित
फरकधार / २४ जेठ, २०७९
यो सामग्री सेयर गर्नुहोस्

स्टार खेलाडी नेयमारको निर्णायक गोलप्रेरित ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एसियाली प्रतिस्पर्धी जापानलाई १–० ले पराजित गरेको छ । सोमबार टोक्योस्थित जापान नेशनल स्टेडियममा भएको खेलमा पाहुना टोली ब्राजिलको जितमा नेयमारले ७७ औं मिनेटमा पेनाल्टीमा गोल गरे । 



यही वर्ष कतारमा हुने विश्वकपअघि दुई देशले मैत्रीपूर्ण खेल खेलेका हुन् । यसअघि पहिलो मैत्रीपूर्ण खेलमा जापानले अर्को दक्षिण अमेरिकी प्रतिद्वन्द्वी पाराग्वेमाथि ४–१ को सहज जित निकालेको थियो ।



ब्राजिलले पनि पहिलो खेलमा एसियाली राष्ट्र दक्षिण कोरियालाई ५–१ ले पराजित गरेको थियो । जापानले हालसम्म ब्राजिललाई हराउन सकेको छैन । यी दुई टिमबीच भएको पछिल्लो १३ खेलमा ब्राजिलले ११ खेलमा जित निकाल्दा दुई खेल बराबरीमा सकिएको थियो ।









  • प्रकाशित मिति : जेठ २४, २०७९ मंगलबार ६:४१:५७,   अन्तिम अपडेट : जेठ २४, २०७९ मंगलबार ६:४३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया