चिलीमाथि दक्षिण कोरियाको शानदार जित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एसियाली टिम दक्षिण कोरियाले दक्षिण अमेरिकी टोली चिलीमाथि २–० को जित निकालेको छ । मंगलबार राति घरेलु मैदानमा कोरियालाई जित दिलाउन ही–चान ह्वाङ र ह्युङ मिन सनले गोल गरे ।

खेलको १२औं मिनेटमा ह्वाङले गरेको गोलबाट कोरियाले अग्रता लिएको थियो । यस्तै, इन्जुरी समयमा सनले गोल गरेपछि कोरियाले २–० को जित निश्चित गरेको हो ।

खेलको ५२ औं मिनेटमा एलेक्स आइबाक्यासले रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा समेटिँदै खेलको अन्त्य गरेको थियो । 

यसअघिको पहिलो मैत्रीपूर्ण खेलमा कोरिया ब्राजिलसँग ५–१ ले पराजित भएको थियो । यस्तै, चिलीले भने दोस्रो मैत्रीपूर्ण खेलमा ट्युनिसियासँग खेल्ने तालिका छ । 





  • प्रकाशित मिति : जेठ २४, २०७९ मंगलबार ७:७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया