आफ्नै पार्टीभित्रका सांसदको विद्रोहबीच बेलायती प्रधानमन्त्रीले पाए विश्वासको मत
फरकधार / २४ जेठ, २०७९
यो सामग्री सेयर गर्नुहोस्

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो पार्टीभित्रैबाट विद्रोह हुँदाहुँदै पनि संसदमा विश्वासको मत जितेका छन् । जोनसनलाई २११ सांसदको समर्थन मिलेको छ भने १४८ सांसदले उनीमाथि विश्वास नभएको बताएका छन् । 



बहुसंख्यक टोरी सांसदले उनको पक्षमा मतदान गरेका थिए । कन्जरभेटिभ पार्टीका ५४ सांसदले उनले विश्वासको मत परीक्षण गर्नुपर्ने माग गरेका थिए । विश्वासको मत प्राप्तसँगै उनी अब एक वर्षका लागि सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतृत्वमा रहने निश्चित भएको छ ।



कोभिड लकडाउनको समयमा प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिटमा ‘रक्सी पार्टी’ लाई लिएर प्रधानमन्त्री जोनसनको कन्जरभेटिभ पार्टीभित्रसमेत चर्को आलोचना भएको थियो । उक्त विषयलाई लिएर प्रधानमन्त्री जोनसनले संसदमा बारम्बार क्षमायाचना गरेका थिए । 



मतदानको दौडमा जोनसनको स्थिति खतरनाक देखिएको थियो किनकी धेरै कन्जरभेटिभ सांसदहरूले जोनसनलाई प्रधानमन्त्रीको पदबाट राजीनामा दिन आह्वान गरेको पत्र बुझाएका थिए । 



प्रधानमन्त्रीको पदमा रहिरहन कम्तीमा १८० सांसदको समर्थन चाहिन्थ्यो । तर, मतदानमा उनले आवश्यकभन्दा धेरै सांसदहरूको समर्थन पाएका छन् । प्रधानमन्त्री जोनसनले आफ्नो विश्वास मतको जितलाई ‘निर्णायक’ भनेर वर्णन गरेका छन् ।  





  • प्रकाशित मिति : जेठ २४, २०७९ मंगलबार ७:५८:२,   अन्तिम अपडेट : जेठ २४, २०७९ मंगलबार ८:०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया