बर्दियामा बाघबाट सुरक्षा माग गर्दै आन्दोलनरतमाथि प्रहरीले गोली चलायो, एक किशोरीको मृत्यु
फाइल तस्बिर

बर्दियाको मधुवन नगरपालिका–२ ओराली बजारमा प्रहरीको गोलीबाट एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा कक्षा १२ मा अध्ययनरत नविना थारू छिन् । त्यस्तै, प्रहरीको गोलीबाट अन्य चारजना स्थानीय घाइते भएका छन् ।

स्थानीयका अनुसार बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि सुरक्षाको माग राख्दै सोमबार दिउँसो प्रदर्शनमा उत्रिएकाहरूमाथि प्रहरीले गोली चलाएको हो । 

स्थानीयले बाटो अवरुद्ध गरेको र खुलाउने क्रममा प्रहरीमाथि ढुंगामुढा भएपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ । प्रहरीतर्फ हवल्दार पार्वता खड्कालगायतका घाइते भएका छन् । 

मधुवनमा पहिले पनि बाघले आक्रमण गरेकाले स्थानीयले सुरक्षाको माग राख्दै प्रदर्शन गरेका थिए ।  





  • प्रकाशित मिति : जेठ २४, २०७९ मंगलबार ११:७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया