रेशम चौधरीलाई रिहा गर्न माग गर्दै लोसपाले बुझायो प्रधानमन्त्रीलाई ११ बुँदे ज्ञापनपत्र

लोकताीन्त्रक समाजवादी पार्टी (लोसपा) ले ११ बुँदे माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । लोसपाले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ११ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको हो । 

पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरूले प्रधानमन्त्री देउवालाई नागरिकताविहीनहरूको समस्या समाधान गर्न, मधेस आन्दोलनमा लागेका मुद्दाहरू रेशम चौधरीलगायत महोत्तरी जिल्लाका नेताकार्यकर्तालाई रिहाइको माग राखी प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको पार्टीका नेता उमाशंकर अरगरियाले बताए ।

भेटमा प्रधानमन्त्री देउवाले नागरिकता विधेयक छिटोभन्दा छिटो सांसदबाट पास गर्ने प्रतिवद्धता जनाएको अरगरियाले । उनले अविलम्ब मलखाद किसानलाई उपलब्ध गराउने बारेमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए ।

‘हामीले प्रधानमन्त्री ज्यूलाई ज्ञापनपत्र बुझाएका छौँ । त्यसमा नागरिकताविहीनहरूलाई जबसम्म संघीय कानून बन्दैन, तबसम्म नागरिकताविहीनरूले अधिकार पाउन सक्दैनन् । त्यसैले पहिला नागरिकताको विषयमा छिटोभन्दा छिटो सांसदबाट पास हुनुपर्छ भनेर प्रतिवद्धता जाहेर गर्नुभएको छ,’ अरगरियाले ले भने, ‘अर्को कुरा मधेस आन्दोलनमा लागेका मुद्दाहरू रेशम चौधरीजीलगायत महोत्तरी जिल्लाका साथीहरू पनि निर्दोषहरू फस्नुभएको छ, उहाँहरूको विषयमा कुरा भयो । मलखाद अबिलम्व उपलब्ध होस् भनेर भनेर माग गरेका छौँ । भूमिहीनको समस्या जुन छ, मधेसी, थारु, आदिवासी, जनजातिसमेतलाई समेटेर अघि बढाउनको लागि हामीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छौँ ।’ 





  • प्रकाशित मिति : जेठ २४, २०७९ मंगलबार ११:५०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया