बर्दियामा गोली प्रहारबाट भएको मृत्यु घटनाको छानबिन गर्न सहसचिवको संयोजकत्वमा समिति गठन

सरकारले बर्दियाको मधुवन नगरपालिका–२ मा सोमबार प्रहरीको गोली लाग्दा भएको मृत्यु घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ । 

गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा गठित समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक बेदकुमार ढकाल, नेपाल प्रहरीका उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रुव खड्का सदस्य रहेका छन् ।

गृहमन्त्री बालकृष्ण खाणले समितिलाई सात दिनमा घटनाको सत्य तथ्य छानबिन गरी प्रतिवेदन बुझाउन निर्देशन दिएको मंगलबारको संसद् बैठकमा जानकारी गराए । 

उनले प्रहरीलाई गोली प्रहार गर्न आदेश नदिइएको पनि स्पष्ट पारेका छन् ।  सांसदहरूले थारुको हत्याबारे संसद्मा गृहमन्त्रीको जवाफ मागेका थिए । 





  • प्रकाशित मिति : जेठ २४, २०७९ मंगलबार १२:५९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया