नेपालमा १० महिनामा भित्रियो १ अर्ब २३ करोडको सी फुड

पछिल्ला वर्षहरूमा नेपालमा सी फुड (समुन्द्र खाना) को माग बढेको छ । प्रत्येक वर्ष डेढ अर्ब रुपैयाँभन्दा बढीको सी–फुड नेपाल भित्रने गरेको छ । 

भन्सार विभागको पछिल्लो विवरणअनुसार चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा विभिन्न देशबाट नेपालमा १ अर्ब २३ करोड ९२ लाख ८७ हजार रुपैयाँको सी फुड नेपाल भित्रिएको छ । 

सो मुल्यमा पछिल्लो दश महिनामा नेपालमा ४९ लाख ९८ हजार ३५ केजी सीफुड भित्रिएको विभागले जनाएको छ । सालमोन, क्याटफिस, सिद्रामाछा, झिङ्गे माछालगायतका विभिन्न प्रकारका माछाहरू, गँगटा, स्क्यालप, अक्टोपसलगायतका समुन्द्री जीवहरू नेपालले आयात गर्ने गरेको छ । 

नेपालमा सी फुडहरू भारत, थाइल्याण्ड, डेनमार्क, भियतनाम, चीन, नर्वे, मलेसिया, हङकङ, सिंगापुर, क्यानडा, बेलायत, दक्षिण कोरिया, कतार लगायतका देशबाट आउने गरेको छ । 

विभागका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा विभिन्न देशबाट १ अर्ब ६९ करोड ८० लाख ६१ हजार रुपैयाँको ६३ लाख ४ हजार ९५२ केजी सी–फुड नेपालले आयात गरेको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा १ अर्ब ७६ करोड ५१ लाख ३६ हजार रुपैयाँको ६८ हजार ६५ हजार ९९५ केजी सी–फुड नेपाल भित्रिएको विभागले जनाएको छ । 





  • प्रकाशित मिति : जेठ २४, २०७९ मंगलबार १३:४९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया