Mon, 21 Jan, 2019


ऋतिक रोशनकोे जन्मदिनमा पूर्वपत्नी सुजैनले लेखिन् भावुक सन्देश
फरकधार / पुस २६, २०७५

एजेन्सी– बलिउड अभिनेता ऋतिक रोशनको पैंतालिसौं जन्मदिनमा उनका नजिकका साथी र फ्यान उनलाई शुभकामना दिइरहेका छन् । सबैजना ऋतिकका लागि माया र शुभेच्छाले भरिएका सन्देश दिइरहेका छन् । 

तर, सबैभन्दा धेरै चर्चा भने उनकी पूर्वपत्नी सुजैन खानको भइरहेको छ । सुजैनले ऋतिक र बच्चासँगै आफू पनि भएको फाटो सेयर गर्दै मायाले भरिएको र भावुक पोस्ट लेखिकी छिन् । यो पोस्टमा सुजैनले ऋतिकलाई आफ्नो सोलमेट भनेकी छिन् । 

सुजैनले लेखिन्– मेरो सबैभन्दा असल साथी

सुजैन खानले आफ्नो पोस्टमा ऋतिक रोशनलाई आफ्नो सबैभन्दा असल र ज्यानभन्दा पनि प्यारो मान्छे भएको बताएकी छिन् । उनले आफ्नो पोस्टमा लेखेकी छिन्– ‘संसारकै सबैभन्दा असल मित्रलाई जन्मदिनको धेरै–धेरै शुभकामना र बधाई । यो शक्ति सधैं तिम्रो साथमा रहिरहनेछ ।’ 

सुजैनले गरेको यो पोस्टलाई उनी र ऋतिक रोशनका फ्यानले धेरै मन पराएका छन् । उनको यो पोस्टलाई धेरैले लाइक पनि गरेका छन् । 

 

 

विवाह गरेको चौध वर्षपछि डिभोर्स 

ऋतिक रोशन र सुजैन खानको विवाह सन् २००० मा भएको थियो । तर, केही समयपछि उनीबीच दूरी बढ्न लाग्यो । अन्नतः २०१४ मा उनीहरूले अलग हुने निर्णय गरे । भनिन्छ– ऋतिक रोशन र सुजैन खानको सम्बन्धबिच्छेद हुनुको एउटा कारण अभिनेता अर्जुन रामपाल पनि थिए । अर्जुन रामपालसँग सुजैनको नाम जोडेर धेरै चर्चा परिचर्चा हुने गरेको छ । 

फेरि नजिक भए ऋतिक-सुजैन 

डिभोर्स भएको केही समयपछि ऋतिक रोशन र सुजेनबीच फेरि सम्बन्ध नजिक हुन थालेको छ उनीहरू डिनर डेट र पार्टीमा पनि सँगै देखिन थालेका छन् । यसबाहेक उनीहरू आफ्नो सन्तानसँग बिदा मनाउन पनि जान थालेका छन् । केही समयअघि उनीहरू फेरि जोडिने भन्ने समाचार पनि बाहिर आएको थियो । तर, उनीहरू दुवैले यस विषयमा केही पनि बोलेका छैनन् ।
 



यो पनि नछुटाउनुहोस्