विदेशबाट फर्केका युवालाई कर्णाली सरकारको 'गरी खाने' कार्यक्रम

कर्णाली प्रदेश सरकारले वैदेशिक रोजगारबाट फर्केका युवालाई 'गरी खाने' कार्यक्रमको नीति लिएको छ । सरकारले आगामी वर्षका लागि आज सार्वजनिक गरेको नीति कार्यक्रममा वैदेशिक रोजगारबाट फर्केकालाई 'गरी खाने' कार्यक्रममा जोड्ने नीति लिएको हो । 

विदेशबाट फर्केका तथा स्वदेशभित्र रोजगारीका अवसरबाट बञ्चित युवालाई सिप, स्रोत र साधन उपलब्ध गराई सिर्जनशील उद्यममार्फत स्वरोजगार बनाउन 'गरी खाने' कार्यक्रम अभियानका  रूपमा सञ्चालन गर्ने नीति सरकारले लिएको हो । 

यस्तै, कर्णालीको जडिबुटीजन्य बस्तुको उत्पादनमा आन्तरिक र बाह्य पुँजी र प्रविधि भित्राउँदै ‘मेक इन कर्णाली’ कार्यक्रमलाई विशेष प्राथमिकता दिने, कृषकहरूका लागि ‘कृषी प्राविधिक स्वरोजगार कार्यक्रम’को व्यवस्थापन गर्ने नीति सरकारले लिएको हो ।





  • प्रकाशित मिति : जेठ २४, २०७९ मंगलबार १८:४५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया