मेरो भ्वाइस कप र मेरो डान्स कप युएसएका टप १२ लाई नेपालमा स्वागत

इन्ट्रा फउण्डेशन नेपाल च्याप्टरका अध्यक्ष लगायतको निर्णायक टोलीले इन्ट्रा नेशनल वेल फेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाको आयोजनामा भइरहेको मेरो भ्वाइस कप यूएसए र मेरो डान्स कप यूएसएका टप १२ मा पुग्न सफल प्रतिष्पर्धीलाई स्वागत गरेको छ । 

इन्ट्रा फउण्डेशन नेपाल च्याप्टरका अध्यक्ष दिलिप रायमाझी, नायिका केकी अधिकारी, शंकर बिसी लगायतले आज त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् । 

स्वागत कार्यक्रमपछि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजकले नेपालमा हुने सिजनको लागि जोडिएका निर्णायक टोली र प्रतिष्पर्धीहरुलाई सम्मान र स्वागत गरेको हो । कार्यक्रममा बोल्दै इन्ट्रा फउण्डेशन नेपाल च्याप्टरका अध्यक्ष दिलिप रायमाझीले यो कामले नेपाली कला र संस्कृतिको खाडललाई सुनौलो अक्षरले इतिहास लेख्न प्रेरित गर्ने बताए । 

उनले हिजोका दिनमा यस्ता कार्यक्रम नेपालमा नभएको भन्दै अब नेपाली कला, संस्कृतिको नयाँ रुपरेखा कोर्ने बताए । उनले भने, ‘हामीले गरेको यो कार्य कला र संस्कृतिका खाडलहरुमा सुनौलो अक्षरले इतिहास लेख्न गइरहेका छौँ । किनभने हिजोका दिनमा नेपालमा यस्ता कार्यक्रम भएका थिएनन् ।’

त्यस्तै, गायक शिव परियारले प्रतिष्पर्धीका कमजोरीभन्दा पनि प्रतिभालाई उजागर गर्न कार्यक्रमले सहयोग गर्ने बताए । त्यस्तै, वरिष्ठ अभिनेत्री मिथिला शर्माले कार्यक्रमले नेपाली कला र संस्कृतिको जगेर्ना गर्न सहयोग पुग्ने बताए ।

मेरो डान्स कप युएसएको चौथो संस्करण र ‘मेरो भ्वाइस कप युएसए’को दोस्रो संस्करण नेपालमा हुँदैछ । इन्ट्रा–नेशनल वेयलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाको आयोजनामा हुँदै आएका यी प्रतियोगिता नेपालमा आयोजना गर्न लागिएको हो । 



तेस्रो मुलुकमा रहेका नेपाली भाषीको नेपाली गीत, संगीतप्रतिको माया र सम्मानलाई अझ सशक्त रुपमा प्रस्फुटन गर्ने तथा नेपाली भाषीहरूमा भएको प्रतिभालाई उजागर गर्दै आम श्रोता/दर्शकमाझ ल्याउन कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले बताएको छ । 



  • प्रकाशित मिति : जेठ २४, २०७९ मंगलबार २०:२२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया