घरेलु टोली श्रीलंकाविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा अस्ट्रेलिया १० विकेटले विजयी भएको छ । गएराति सम्पन्न खेलमा १२९ रनको लक्ष्य अस्ट्रेलियाले १४ ओभरमा बिनाविकेटको क्षतिमा पूरा गर्यो ।
उसका लागि डेविड वार्नरले अविजित ७० रनको पारी खेले । उनले ४४ बलमा नौ चौका प्रहार गरे । यस्तै, कप्तान आरोन फिन्चले ४० बलमा समान चार चौका र छक्कासहित अविजित ६१ रन बनाए ।
यसअघि कोलम्बोस्थित आर प्रेमदास स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १२८ रन बनाएको थियो । उसका लागि चरिथ अस्लंकाले सर्वाधिक ३८, पथुम निसन्काले ३६, दनुश्का गुनाथिलकाले २६ र वानिन्दु हसरंगाले १७ रन जोडे ।
अस्ट्रेलियाका लागि जोस हेजलउडले चार, मिचेल स्टार्कले तीन तथा केन रिचर्डसनले एक विकेट हात पार्दा दुई विकेट रन आउटको रूपमा प्राप्त भयो । यो जितसँगै अस्ट्रेलियाले तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ । यी दुई टोलीबीचको दोस्रो खेल आज हुँदैछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।