यूएईलाई हराउँदै अस्ट्रेलिया विश्वकप नजिक

एसियाली प्लेअफमा संयुक्त अरब इमिरेट्स (यूएई) माथि जित निकाल्दै अस्ट्रेलिया फिफा विश्वकप कतार २०२२ नजिक पुगेको छ । 

उसले गएरातिको खेलमा २–१ को रोमाञ्चक जित दर्ता गर्‍यो । कतारस्थित अहमद विन अली स्टेडियममा अस्ट्रेलियालाई जित दिलाउन ज्याक्सन इर्भिन र एज्दिन रुस्टिकले गोल गरे । यूएईका काइओले एक गोल फर्काए । 

खेलको ५३ औं मिनेटमा ज्याक्सनले गोल गर्दै अस्ट्रेलियालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, अस्ट्रेलियाको अग्रता लामो समय टिकेन । ५७ औं मिनेटमा यूएईका काइओले गोल गर्दै खेल बराबरीमा ल्याए । 

८४ औं मिनेटमा एज्दिनले गोल गर्दै अस्ट्रेलियालाई २–१ को रोमाञ्चक जित दिलाउँदै विश्वकप नजिक पुर्याए । अब अस्ट्रेलियाले विश्वकपमा स्थान बनाउन सोमबार दक्षिण अमेरिकी प्रतिद्वन्द्वी पेरुको सामना गर्नेछ । 





  • प्रकाशित मिति : जेठ २५, २०७९ बुधबार ७:१७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया