लुम्बिनी प्रदेश सरकारको नीति कार्यक्रम आज, कृषि प्राथमिकतामा

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।

१०औँ अधिवेशनको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले नीति कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार नीति कार्यक्रममा कृषि, स्वास्थ्य, शिक्षालाई प्राथमिकता दिइने छ ।

नीति कार्यक्रमले निर्धारण गरेका प्राथमिकताका आधारमा बजेट ल्याउने तयारी पनि प्रदेश सरकारले गरेको छ । यसअघि प्रदेश सरकारले २३ जेठमा नीति तथा कार्यक्रम ल्याउने तयारी गरे पनि दुई दिन पर सारिएको थियो ।

आगामी १ असारमा सार्वजनिक हुने बजेटका लागि प्रदेश सरकारले प्रि-बजेट छलफल कार्यक्रम पनि चलाइरहेको छ । 

अघिल्लो वर्ष स्वास्थ्यलाई प्राथमिकता दिएको लुम्बिनी प्रदेश सरकारले अहिले कृषिसँगै अन्य विषयलाई प्राथमिकता राखेर छलफल गराइरहेको आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले जानकारी दिए ।
 





  • प्रकाशित मिति : जेठ २५, २०७९ बुधबार ९:५४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया