इस्लामिक गणतन्त्र इरानको दक्षिणपूर्वको जेलमा १२ जना कैदीहरूलाई सामूहिक मृत्युदण्ड दिइएको एक गैरसरकारी संस्थाले जनाएको छ ।
मृत्युदण्डको बढ्दो संख्याबारे चिन्ता बढिरहेका बेला लागुऔषध वा हत्याको आरोपमा दोषी ठहर भएका ११ पुरुष र एक महिलालाई सोमबार बिहान अफगानिस्तान र पाकिस्तानसँगको सिमाना नजिक रहेको सिस्तान–बलुचेस्तान प्रान्तको जाहेदानको मुख्य जेलमा फाँसी दिइएको नर्वेस्थित इरान मानव अधिकारले (आईएचआर) ले जनाएको हो ।
सामूहिक मृत्युदण्ड दिइएका १२ जनामध्ये ६ जनालाई लागुऔषध र बाँकी ६ जनालाई हत्याको अभियोग लगाइएको थियो । मृत्युदण्ड पाउनुअघि गार्जिज नामले चिनिने महिलामाथि श्रीमानको हत्या गरेको अभियोग लागेको थियो ।
उनी सन् २०१९ मा पक्राउ परेकी थिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।