जसपाको समीक्षा बैठकमा कुटाकुट, चार जना घाइते

जनता समाजवादी पार्टी (जसपा)को धनुषा जिल्लाको स्थानीय निर्वाचनको समीक्षा बैठकमा नेताहरुबीच नै कुटाकुट भएको छ । 

अध्यक्ष उपेन्द्र यादव सहभागी कार्यक्रममा नै अन्तर्घातका कारण विभिन्न पालिकामा हारिएको भन्दै नेताहरुले कुटाकुट गरेका हुन् । नामै किटेर आरोप प्रत्यारोप चल्न थालेपछि त्यहाँ कुटाकुट भएको हो ।

सबैला नगरपालिकाका जसपा अध्यक्ष वैधनाथ रायले चुनावमा केन्द्रीय सदस्य साधु यादवलगायतको समूहले अन्तर्घातको आरोप लगाएका थिए । उनी सिटमा मात्र के बसेका थिए, यादवका समर्थकले उनीमाथि कुटपिट गरेका हुन् ।

कार्यक्रममा सहभागी एक नेताले कुटाकुट गर्नेलाई केही बेरमा नै बाहिर निकालिएको र कोही पनि गम्भीर घाइते नभएको बताएका छन् । 

कुटाकुटमा सिकिन्दर सिंह यादव, जितेन्द्र मुखिया र अवधकिशोर रविदासलाई चोट लागेको छ । तर, कार्यक्रमस्थलमा हातहतियार नभएकाले ठूलो चोट लाग्न नपाएको बताइएको छ ।





  • प्रकाशित मिति : जेठ २५, २०७९ बुधबार ११:२९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया