प्रदेश-१ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

प्रदेश–१ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ । दिउँसो २ बजेपछि बस्ने प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको तेस्रो बैठकमा आर्थिक वर्ष २०७९/०८० का लागि सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको हो । 

आजको बैठकमा प्रदेश–१ को प्रदेशसभा नियमावली २०७४ को नियम ३५ (१) बमोजिम प्रदेश प्रमुख पर्शुराम खापुङले आर्थिक वर्ष २०७९/०८० का लागि सरकारका तर्फबाट प्रदेशसभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ । 

प्रदेश प्रमुख खापुङले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम मुख्यमन्त्री राजेन्द्र राईले टेबुल गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिव गोपाल पराजुलीले जानकारी दिए । 





  • प्रकाशित मिति : जेठ २५, २०७९ बुधबार ११:३२:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया