पृथ्वीजयन्तीमा आफूखुसी सार्वजनिक बिदा दिँदै स्थानीय तह

काठमााडौं– पृथ्वीनारायण शाहको २९७औँ जन्मजयन्तीको अवसरमा झापाको कचनकवल गाउँपालिकाले सार्वजनिक बिदा घोषणा गरेको छ । २०६२–०६३ पछि पृथ्वीजयन्ती मनाउन बन्द गरिए पनि सरकारले गत वर्ष पृथ्वीजयन्तीलाई एकता दिवसको रुपमा मनाउने निर्णय गरेको थियो ।

यही निर्णयलाई आधार मान्दै गाउँपालिकाले सार्वजनिक बिदा दिएको बताएको छ । गाउँपालिकाका अध्यक्ष अन्जरा आलमका अनुसार पृथ्वीनारायण शाहको सम्झनामा गाउँपालिकामा सार्वजनिक बिदा दिइएको हो । उनले भने, ‘पूर्व मेचिदेखि पश्चिम महाकालीसम्मको भूमिलाई एकीकरण गरेर नेपाल बनाएका शाहको सम्झना र सम्मानमा बिदा दिने निर्णय गरेका हौँ ।’





  • प्रकाशित मिति : पुस २६, २०७५ बिहीबार १६:१९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया