logo-img

प्रदीप पौडेलले भने– फोहोरलाई अर्थोपार्जन र समृद्धिसँग जोड्ने पहल गरौँ
फाइल तस्वीर ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले काठमाडौंको फोहर व्यवस्थापनमा आआफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह गरेका छन् । यसले पार्ने वातावरणीय प्रभावको असरबाट कोही पनि मुक्त हुन नसक्ने भन्दै उनले महानगरको फोहोरको समस्या सबैको साझा समस्या भएको बताएका छन् ।

नेता पौडेलले स्थानीयवासीसँग भएका सम्झौताहरु पालना गर्न र उनीहरुको माग र समस्याहरूको समाधान गर्न पनि आग्रह गरेका छन् ।

‘फोहर व्यवस्थापनमा जसले जहाँबाट जति सकिन्छ सहयोग गरौं। फोहोरको प्रकृति हेरेर वर्गिकरण गरौं। यो हाम्रा लागि हामीले गर्नुपर्ने काम हो’, उनले भनेका छन्, ‘त्यसैगरि, फोहर व्यावस्थापन स्थलका स्थानीयहरुको माग र समस्याहरुको समाधान गरौँ, उहाँहरूसँगका सम्झौताहरु पालना गरौं।’

नेता पौडेलले फोहोर माथिको राजनीति र अर्थशास्त्र पनि उत्तिकै डरलाग्दो रहेको ठहर गरेका छन् । त्यसैले यसका विविध आयामहरूको अध्ययन गर्दै फोहोरलाई अर्थोपार्जन र सम्बृद्धिसँग पनि जोड्ने पहल गर्न सुझाएका छन् ।



‘उदाहरणको लागि प्लास्टिकको प्रयोग विभिन्न उपायले गर्न सकिएला, कुहिने वस्तुहरुलाई मल र उर्जामा रुपान्तरण गर्न सकिएला, धातु र कागज लगायतका वस्तुलाई पुनर्उपयोग गर्न सकिएला’, उनले भनेका छन्, ‘फोहर भित्रका यी सकारात्मक पक्ष तथा यसको दीर्घकालिन समाधानका विषयमा काठमाडौं महानगर तथा सहरी विकास मन्त्रालय दुवै सकरात्मक देखिएका छन् । हामी सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरेको खण्डमा अवश्य नै यो अभियानले सार्थकता पनि पाउनेछ ।’



  • प्रकाशित मिति : जेठ २५, २०७९ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया