दाङमा रोकी राखेको ट्रकमा बस ठोक्किदा ८ जना घाइते

दाङको राप्ती गाउँपालिका–८ बिजौरी स्थित पूर्व-पश्चिम राजमार्गमा आज रोकी राखेको ट्रकमा यात्रुवाहक बस ठोक्किँदा बसमा सवार ८ जना घाइते भएका छन् । 

आज बिहान पौने ९ बजे चेक जाँचको लागि रोकी राखेको लु २ ख ९२८० नम्बरको ट्रकमा काठमाडौंबाट घोराही जाँदै गरेको ना ६ ख ४१५० नम्बरको बस ठोक्किएको हो । 

दुर्घटनामा घाइते भएका मध्ये तुल्सीपुर उपमहानगरपालिका–११ की मीरा चौधरी र बबई गाउँपालिका–५ का २३ वर्षीय तारा बहादुर बिश्वकर्मा गम्भिर घाइते भएका हुन । 

घाइतेहरुको राप्ती विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । दुवै सवारी साधनका चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।





  • प्रकाशित मिति : जेठ २५, २०७९ बुधबार १३:६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया