सेयर बजारमा सामान्य वृद्धि

काठमाडौं– धितोपत्र बजारमा बिहीबार सेयरको मूल्यमा सामान्य बिन्दुले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक एक दशमलव ४८ बिन्दुले बढेर एक हजार १ सय ८० दशमलव ८४ बिन्दुमा पुगेको छ । 

यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३९ बिन्दुले बढेर २ सय ५० दशमलव ६५ बिन्दुमा पुगेको छ । स्टकका अनुसार बिहीबार कुल १ सय ६३ कम्पनीको १३ लाख ८७ हजार ५ सय ९२ कित्ता सेयर ३६ करोड ६३ लाख २४ हजार १ सय ६४ रुपैयाँ मूल्यमा खरिद–बिक्री भएको छ । 

स्टकका अनुसार कारोबार भएका कुल ११ कम्पनीमध्ये चार उपसमूहको सेयर घटेको छ । यस्तै, सात उपसमूहको सेयर भने बढेको छ । होटल एक दशमलव ७८, विकास बैंक ६ दशमलव ६, जलविद्युत् दुई दशमलव ३५ र उत्पादन पाँच दशमलव ८२ बिन्दुले घटेको छ । 

यस्तै, बैंकिङ एक दशमलव ५८, व्यापार दुई दशमलव ५३, वित्त दुई दशमलव ५२, निर्जीवन बिमा २२ दशमलव १७, अन्य एक दशमलव १९, लघुवित्त पाँच दशमलव सात र जीवन बिमा पाँच दशमलव ९६ बिन्दुले बढेको छ । 

स्टकका अनुसार सानिमा इक्विटी फन्ड, सर्पोट माइक्रोफाइनान्स, जेविल्स फाइनान्स, तारागाउँ रिजेन्सी होटल, नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीले कमाएका छन् । यस्तै, सिनर्जी पावर डेभलमेन्ट, पूर्णिमा विकास बैंक, साइन रेसुंगा डेभलपमेन्ट बैंक, पञ्चकन्या माई हाइड्रोपावर, हिमालयन पावर पार्टनरका सेयरधनीले गुमाएका छन् । 
 





  • प्रकाशित मिति : पुस २६, २०७५ बिहीबार १७:७:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया