कुमारी बैंकले साढे आठ प्रतिशत सेयर लाभांश दिने

काठमाडौं– कुमारी बैंकले आफ्ना सेयरधनीलाई आठ दशमलव पाँच प्रतिशत सेयर लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ६० करोड ८८ लाख ८८ हजार ५ सय ७३ बराबरको सेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको चुक्ता पुँजी सात अर्ब १६ करोड ३३ लाख ९४ हजार ९ सय ७३ बराबरको आठ दशमलव पाँच प्रतिशत सेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले तत्कालीन काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काँक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स कम्पनीलाई प्राप्ती गरी एकीकृत कारोबार गर्दै आएको छ । 

ती वित्तीय संस्थालाई गाभेर गत असार १६ गतेदेखि संयुक्त कारोबार गरेकाले सो मितिले दुई वर्षभित्र गाभिएको अवस्थामा कायम रहेका सेयरधनीलाई वितरण गरेको लाभांशमा कर नलाग्ने व्यवस्था रहेको बैंकले जनाएको छ । बैंकले सोही अवधारणाका आधारमा लाभांश सेयरमा कर प्रयोजनका लागि नगद लाभांशको व्यवस्था नगरिएको बताएको छ । 





  • प्रकाशित मिति : पुस २६, २०७५ बिहीबार १७:१६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया