मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मत पारित

मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।बुधबार बसेको नवौं अधिवेशनको पाँचौं बैठकमा नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो ।
 
आर्थिक वर्ष २०७९/८० को प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित गरियोस् भनी बैठकमा मुख्यमन्त्री लालबाबु राउतले राखेको प्रस्ताव सर्वसम्मत पारित भएको हो । सभामुख सरोजकुमार रायले प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा विपक्षमा कसैले पनि आवाज उठाएनन् । 

मधेस प्रदेशको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ २२ गते आइतबार प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशसभा बैठकमा प्रस्तुत गरेका थिए ।

नीति तथा कार्यक्रममाथि प्रदेश सभा सदस्यहरु सुन्दर बहादुर विश्वकर्मा, बच्चा राउत अहिर, परमेश्वर साह र बाबुलाल साह कानूले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

जेठ २२ गते प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि संसदमा मंगलबार र बुधबार गरी दुई दिन छलफल भएको थियो ।





  • प्रकाशित मिति : जेठ २५, २०७९ बुधबार १७:२६:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया