जाजरकोटको जिल्ला सम्न्वय समिति (जिसस) प्रमुखमा कालीबहादुर खत्री चिर्वाचित भएका छन् । नेपाली कांग्रेसका खत्री निर्विराध निर्वाचित भएका हुन् ।
यसैगरी जिसस उपप्रमुख पदमा भने दलबहादुर सिंह निर्वाचित भएका छन् । उनी माओवादी केन्द्रका तर्फबाट उम्मेद्वार थिए । उनीहरु दुवैजना गठबन्धन तर्फबाटका उम्मेद्वार हुन् ।
जिसस प्रमुख पदमा नवनिर्वाचित खत्री जिल्लाको छेडागाड नगरपालिका–११ बाट खुला सदस्यमा निर्वाचित थिए भने उपप्रमुख सिंह बारेकोट गाउँपालिका–४ बाट खुल्ला सदस्यमा निर्वाचित भएका थिए ।
बुधबार भएको निर्वाचनमा उपप्रमुख पदका उम्मेद्वार सिंहले ११ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेद्वार गोरे कार्कीले तीन मत प्राप्त गरेका थिए ।
जिसस सदस्यहरुमा कांग्रेसबाट खड्कबहादुर बुढा, चित्रप्रसाद शर्मा, जितबहादुुर रोकाय, विन्दु शाही र पानसा सिंह निर्वाचित भएका छन् । साथै, नेकपा माओवादी केन्द्रबाट नन्दकला विक, विनिता विक निर्वाचित भएको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।