चितवनमा जन्ती बस दुर्घटना, १२ जना घाइते

चितवनको रत्ननगरमा बुधबार दिउँसो जन्ती बोकेको बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

रत्ननगर नगरपालिका–२ सब्जीमण्डीस्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिहर मन्दिरबाट जन्ती बोकेर खैरहनी जाँदै गरेको ना५ख ६४३ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । 

बस अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बसमा ३० जना सवार थिए । दुर्घटनामा घाइते भएकाहरूको स्थानीय अस्पताल र भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।





  • प्रकाशित मिति : जेठ २५, २०७९ बुधबार १८:४३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया