‘लङ मार्चपास’मा बाबुराम

काठमाडौं– डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले ‘लङ मार्चपास’ गर्ने भएको छ । पाँचथरको चियो भन्ज्याङबाट सुरु भएर बैतडीको झुलाघाटसम्म लङ मार्चपास गर्न लागेको नयाँ शक्तिले बताएको छ । माघ १५ गतेदेखि सुरु हुने लङ मार्च पास फागुन १५ गते सकिनेछ ।

भट्टराई आफैँले बजेट विनियोजन गरेको र आफैँले नामकरण गरेको ‘मध्यपहाडी लोकमार्ग’मा लङ मार्चपासमा जान लागेका हुन् । १ हजार ७ सय ६० किलोमिटर लामो लोकमार्ग बनाउने योजनासहित २०६५ मा अर्थमन्त्री हुँदा भट्टराईले ‘पुष्पलाल मध्यपहाडी लोकमार्ग’ नामकरण गरेर बजेट विनियोजन गरेका थिए । 

दुईतिहाइ बहुमतसहितको सरकार हुँदा पनि सरकारले जनमुखी काम गर्न नसकेको समयमा भट्टराई जनतासँग प्रत्यक्ष संवादका लागि लङ मार्चपासमा जान लागेका पार्टी प्रवक्ता विश्वदीप पाण्डेले बताए ।

यसअघि नै नयाँ शक्तिले ‘पाँच महिना, पाँच काम, पाँच परिणाम’ अभियान सञ्चालन गरिसकेको छ । लङ मार्चपास पनि यही कार्यक्रमअन्र्तगतको काम भएको पाण्डे बताउँछन् ।

लङ मार्चपासमा पार्टी संगठन विस्तार गर्ने उद्देश्य राखिएको पाण्डेले बताए । पार्टी सहरमा मात्रै केन्द्रीत भएको ठहर गर्दै पाण्डेले पार्टीलाई गाउँतर्फ लैजान पनि मार्चपासले सहयोग गर्ने विश्वस व्यक्त गरे । 





  • प्रकाशित मिति : पुस २६, २०७५ बिहीबार १९:२४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया