इन्धन खपत कम गर्न पाकिस्तानमा पाँच दिन मात्रै कार्यालय खुल्ने
फाइल तस्बिर

पाकिस्तानले आफ्नो सरकारी कार्य हप्तामा ६ बाट घटाएर पाँच दिन पुर्‍याउने भएको छ । ऊर्जा र इन्धन खपत कम गर्न सरकारले पछिल्लो योजना ल्याएको हो । योजनालाई मंगलबार मन्त्रिपरिषद्ले अनुमोदन गरेको छ । 

त्यहाँको मन्त्रिपरिषद्ले ल्याएको योजनामा इन्धन र ऊर्जाको प्रयोग घटाउनका लागि विभिन्न मितव्ययी उपाय समावेश छन् । पछिल्लो समयमा पाकिस्तानमा ऊर्जा संकट चर्किएको छ । लोडसेडिङको समय र इन्धनको मूल्यमा वृद्धि हुँदा अर्थव्यवस्था नराम्ररी प्रभावित भएको छ । गर्मी महिनामा बढ्दो मागको सामना गर्न देशको ऊर्जा उत्पादन घाटामा छ । 

‘हामीले गम्भीर संकट सामना गरेका छौँ । ऊर्जा संरक्षणका उपायहरू अपनाउनु आवश्यक छ । हामीले ऊर्जा बचत गर्न हरेक विकल्पमा जान आवश्यक छ’, सूचना मन्त्री मरियम औरंगजेबले मंगलबार पत्रकार सम्मेलनमा भने । 

मानिसहरूलाई शुक्रबार घरबाट काम गर्न दिने र इन्धन भण्डारमा बोझ कम गर्न व्यावसायिक बजारहरु बन्द गर्ने बारेमा पनि अध्ययन भइरहेको छ । एक सातामा पेट्रोलको मूल्य ४० प्रतिशतले बढेपछि देशमा आक्रोश बढिरहेका बेला मन्त्रिपरिषद्ले सरकारी कर्मचारी र मन्त्रिपरिषद्का सदस्यलाई दिइने पेट्रोल भत्ता ४० प्रतिशतले घटाउने निर्णयसमेत गरेको छ ।

 मन्त्रिपरिषद्ले सरकारी अधिकारी र मन्त्रीहरूको अनावश्यक विदेश भ्रमणमा पूर्ण प्रतिबन्धलाई पनि अनुमोदन गरेको छ । ‘सम्बन्धित समितिले अनुमति दिएपछि मात्र अनिवार्य भ्रमण र महत्वपूर्ण द्विपक्षीय भ्रमणलाई अनुमति दिइनेछ’, सूचना मन्त्री औरंगजेबले भने । 





  • प्रकाशित मिति : जेठ २६, २०७९ बिहीबार ८:५२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया