ग्लोबल रिचको अस्ट्रेलियन एजुकेसन फेयर सोमबार

काठमाडौं– ग्लोबल रिचको आयोजनामा आगामी सोमबार अस्ट्रेलियन एजुकेसन फेयर हुने भएको छ । काठमाडौंस्थित होटल डेला अन्नपूर्णमा हुने मेला नेपालमा हुने गरेका अस्ट्रेलियन युनिभर्सिटी मेलामध्ये हालसम्मकै ठूलो मेला हुने आयोजकको दाबी छ ।

बिहान १० बजे देखि साँझ ५ बजेसम्म सञ्चालन हुने मेलामा विश्व–सूचीमा अग्रस्थानमा रहेका अस्ट्रेलियाका टप ३९ युनिभर्सिटीको सहभागिता रहने आयोजक ग्लोबल रिचले जनाएको छ । अध्ययनका लागि अस्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीले शैक्षिक मेलामा सहभागी भई विभिन्न युनिभर्सिटिका प्रतिनिधिसँग सिधै भेटघाट गर्न र आवश्यक जानकारी लिन सक्नेछन् ।

आयोजकका अनुसार, उपत्यकाबाहिर माघ १ गते पोखराको न्युरोडस्थित सिटी स्क्वायर बैंक्वेटमा, माघ २ गते भरतपुर गार्डेन रिसोर्टमा, माघ ३ गते बुटवलस्थित ग्लोबल रिचको कार्यालयमा मेला आयोजना हुनेछ । सबै मेला बिहान ११ बजे देखि ४ बजेसम्म चल्नेछन् । 





  • प्रकाशित मिति : पुस २६, २०७५ बिहीबार २०:३९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया