भूमि आयोगले पञ्चेश्वर र शिवनाथमा लगत संकलन गर्दै

राष्ट्रिय भूमि आयोग बैतडीले भूमि सम्बन्धी समस्या समाधान गर्न दुई पालिकामा लगत संकलन कार्य भइरहेको जनाएको छ । अव्यवस्थित बसोबास तथा छुटेका सुकुम्बासीहरुलाई व्यवस्थित गर्न अहिले पञ्चेश्वर गाउँपालिकाले लगत स‌ंकलन गरी सकेको र शिवनाथ गाउँपालिकामा लगत संकलनको कार्य भइरहेको भूमि आयोग बैतडीका अध्यक्ष धर्म सिंह ऐरले जानकारी दिए ।

भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेका समस्या पहिचान गर्ने लगायतका कामहरू अहिले भइरहेको उनले बताए । छुटेका अव्यवस्थित सुकुम्बासी भूमिहीनहरूको तथ्याङ्क संकलन भइरहेको उनले बताए  । भूमि आयोगको जिल्ला कार्यालयमा समेत विभिन्न स्थानीय तहहरूबाट अहिले निवेदन पनि आइरहेको र ती निवेदनमाथि आफूहरूले अध्ययन गर्ने गरेको ऐरले बताए ।

पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकासँग भूमि सम्बन्धी समस्या समाधानका लागि सम्झौता गरेर तथ्याङ्क संकलनको काम अघि बढाइएको ऐरले बताए । स्थानीयहरू आयोगको कार्यालयमा नै आएर निवेदन दिने गरेको भए पनि स्थानीय तहले चासो नदिएको ऐरको भनाइ छ । 

पञ्चेश्वर र शिवनाथले सम्झौता गरेर तथ्याङ्क संकलनको कार्य अगाडी बढाएका बेला अन्य स्थानीय तहहरुले भूमिहीनहरूको तथ्याङ्क संकलनमा चासो नदिएको पाइएको हो । यद्यपि केन्द्रीय कार्यालयले लगत संकलन सम्बन्धी निकालेको ३५ दिने सूचनाका आधारमा अहिले स्थानीय सरकारका प्रमुख उपप्रमुखहरूसँग समन्वय भइरहेको भूमि आयोग जिल्ला समिति बैतडीले जनाएको छ । स्थानीय तहबाट भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरूको लगत संकलन गरिने छ ।





  • प्रकाशित मिति : जेठ २६, २०७९ बिहीबार ११:०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया