दिव्योपदेशको मर्मअनुसार चल्न नसक्दा देशमा घात–प्रतिघातको बादल मडारिएको पूर्वराजाकाे टिप्पणी

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले मातृभूमिको अस्तित्वमा घात–प्रतिघातको कालो बादल मडारिएको टिप्पणी गरेका छन् ।

पृथ्वीजयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले पृथ्वीनारायण शाहको दिव्योपदेशको मर्मअनुसार व्यवहार गर्न नसक्दा देशको अस्तित्वमा घात–प्रतिघातको बादल मडारिएको उल्लेख गरेका हुन् ।

सन्देशमा स्वतन्त्र राष्ट्रका लागि राष्ट्रनिर्माणको दिन महत्वपूर्ण क्षण हुने उल्लेख छ । यस्ता क्षणलाई भुल्दा देश सकसपूर्ण र कपटपूर्ण अवस्थाबाट गुज्रिएको पूर्वराजाको दाबी छ । 

नागरिकका निम्ति देशभन्दा ठूलो कुनै वाद वा विचार नहुने भन्दै पूर्वराजा शाहले कुनै पनि वाद वा विचारको आडमा नेपालीबीच फाटो पैदा गर्ने, सार्वभौमिक सर्वोच्चता, राष्ट्रिय एकता र सामाजिक सद्भावनालाई क्षति पुर्याउनेलाई प्रोत्साहन गर्न नहुने विचार राखेका छन् ।





  • प्रकाशित मिति : पुस २६, २०७५ बिहीबार २०:५७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया