भारत विश्व क्रिकेटमा निकै चर्चित नाम हो । यहाँ हरेक दिन क्रिकेटका कुनै न कुनै अनौठा घटना सुन्न पाइन्छ । भर्खरै भरतमा यस्तै घटना घटेको छ जुन विश्व क्रिकेटका लागि निकै दुर्लभ हो ।
जारी रणजी ट्रफीको क्वार्टरफाइनल खेलमा बंगालको टोलीले विश्व क्रिकेटमा अनौठो कीर्तिमान कायम गरेको हो । बंगालका ओपनरदेखि नवौं नम्बरसम्मका सबै ब्याटरले ५० रनभन्दा बढी बनाएका छन् । जसमा दुई शतक र सात अर्धशतक सामेल छ ।
बंगाल र झारखण्डबीच बैंग्लोरमा भएको खेलमा यो कीर्तिमान कायम भएको हो । बंगालले सात विकेट गुमाउँदै ७७३ रनमा आफ्नो इनिङ्स समाप्त भएको घोषणा गरेको थियो । अर्थात् ब्याटिङका लागि मैदान उत्रिएका नौजना ब्याटरले नै ५० रनभन्दा माथिको योगदान गरे ।
बंगालको पारीमा सुदीपकुमार घरामी र ए मजुमदारले शतक बनाएका थिए । घरामीले १८६ रन मजूमदारले ११७ रनको पारी खेले । शहबाज अहमदले ७८, मनोज तिवारीले ७३, अभिषेक पोरेलले ६८, अभिमन्यु इश्वरनले ६५ र अभिषेक रमन ६१ रनको योगदान दिँदा सायन मण्डल र आकाश दिप ५३ रनमा अविजित रहे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।