समन्वय समिति बझाङमा गठबन्धनको एकल उम्मेदवारी दर्ता

यही २९ जेठमा जिल्ला समन्वय समिति बझाङको निर्वाचनका लागी मुख्य निर्वाचन अधिकृतको कार्यालयले समय तोकेको छ । जिल्ला समन्वय समितीको उक्त निर्वाचनपछि ९ जना उम्मेदवारहरू निर्वाचित भएर समन्वय समितीको नेतृत्व सम्हाल्ने छन् । आउँदो आइतबार हुने निर्वाचनका लागी उम्मेदवारहरूले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिससको प्रमुख, उपप्रमुख र सदस्य गरी ९ पदमा उम्मेदवारको मनोनयन पत्र दर्ता भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नरेन्द्र शर्माका अनुसार बझाङ जिल्ला समन्वय समितीको प्रमुख पदमा नेपाली कांग्रेसका नरबहादुर बोहराको एकल उम्मेदवारी दर्ता भएको छ, भने उप–प्रमुखमा नेकपा एकीकृत समाजवादीका कृष्ण बहादुर विष्टको एकल उम्मेदवारी परेको छ । २३ जेठमा उम्मेदवारहरूले आफ्नो मनोनयन दर्ता भरेका हुन् ।

जिल्ला समन्वय समितीको महिला सदस्यमा नेपाली कांग्रेसकी अस्मिता देवि चदारा, बाटुली देवि ओड र एकीकृत समाजवादीबाट लक्ष्मी देवि कामीको उम्मेदवारी परेको छ । खुल्ला सदस्यहरूमा नेपाली कांग्रेसका गौरीशङ्कर जोसी, टोप बहादुर खड्का र माओवादी केन्द्रबाट गोरख बहादुर सिंहको उम्मेदवारी परेको छ । यस्तै दलित सदस्यमा नेपाली कांग्रेसकी रिता कामीको उम्मेदवारी परेको छ ।

जिल्ला समन्वय समिति बझाङको निर्वाचनमा सत्ता गठबन्धनको मात्रै उम्मेदवारी परेको हो । सत्ता साझेदार दलहरु कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच जिल्ला समन्वय समितिमा पनि गठबन्धन गरेर निर्वाचनमा जाने सहमती भएपछि पदाधिकारीहरु निर्विरोध चयन भएका हुन् । 

जम्मा १२ पालिका मध्ये दुई पालिकाको प्रमुख, उप-प्रमुख र एक पालिकामा प्रमुख गरी ५ सदस्य मात्रै जितेको नेकपा एमालेको समन्वय समितिमा बहुमत नपुग्ने भएपनि मनोनयन नै दर्ता नभएको हो । 

१२ पालिका रहेको बझाङमा जिल्ला समन्वय समितीको निर्वाचनका लागी २४ जना मतदाता रहेका छन् । जसमा कांग्रेससँग ११, एकीकृत समाजवादीको ३, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग ५/५ मत भार रहेको छ ।





  • प्रकाशित मिति : जेठ २६, २०७९ बिहीबार १३:४७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया