पाकिस्तानका चर्चित टिभी कार्यक्रम प्रस्तोता तथा सांसद डा. आमिर लियाकट हुसैनको कराँचीमा निधन भएको छ ।
पाकिस्तानी मिडियामा आएको समाचारअनुसार उनको स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल लगिएको थियो । तर, अस्पतालमा उनलाई चिकित्सकले मृत घोषणा गरे ।
उनको मृत्युको कारण थाहा नभएको भन्दै पाकिस्तानी प्रहरीले उनको पोस्टमार्टम गरिने बताएको छ ।
उनको निधन भएपछि त्यहाँका संसद बैठक शुक्रबार साँझसम्मका लागि स्थगित गरिएको छ । केही समयअघि उनले तेस्रो विवाह गरेपछि विवादमा घेरिएको थिए ।
विवाद चर्किएपछि उनले पाकिस्तान छोड्ने घोषणासमेत गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।