भारतमा राष्ट्रपति चुनावको घोषणा

भारतको निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि मिति घोषणा गरेको छ । अब १८ जुलाईमा त्यहाँ देशको १५ औं राष्ट्रपतिका लागि मतदान हुनेछ । 

निर्वाचन आयोगको तालिकाअनुसार २१ जुलाईमा देशले नयाँ राष्ट्रपति पाउनेछ ।

यसका लागि उम्मेदवारी दिन २९ जुनलाई अन्तिम मिति घोषणा गरिएको छ । 

२४ जुलाईमा वर्तमान राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल सकिने भएकाले नयाँ राष्ट्रपतिका लागि निर्वाचन हुन लागेको हो । 

कोविन्दले २५ जुलाई २०१७ मा राष्ट्रपतिका रुपमा सपथ लिएका थिए ।





  • प्रकाशित मिति : जेठ २६, २०७९ बिहीबार १७:४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया