ध्यानले बदलिदिन सक्छ जीवन

आजभोलि स्वस्थ रहन को चाहँदैन होला ? फिटनेसलाई लिएर मान्छेको चासो पनि बढ्दै गइरहेको छ ।

कतिसम्म भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समते आफ्नो भाषणमा स्वास्थ्यमा ध्यान दिने कुरा गर्दै आइरहेका हुन्छन् । उनी स्वयं पनि नियमित रुपमा योग गरिरहन्छन् ।

विश्वभर नै योग लोकप्रिय छ । फिटनेसप्रति मान्छेको बढ्दो चासो र रुचिले योगलाई ‘बिजनेस’ नै बनाएको छ । बदलिँदो जीवनस्तर अनुसार मस्तिष्की आराम कतै हराउन पुगेको छ ।

जतिबेला पनि काम गर्न खोज्दा रोजगार त मिल्यो । तर, सट्टामा आराम र निद्रा हरायो । आज लगभग प्रत्येक मान्छे कुनै न कुनै एक खास बिमारीको शिकार छ । र, त्यसको नाम हो– तनाव ।

यसबाट छुटकरा पाउनका लागि विभिन्न खालका विज्ञापन पनि भइरहेका छन् । सबैलाई ध्यान र योगका बारेमा सुझाव दिइन्छ, जो केही हदसम्म फाइदाजनक पनि छ । तर, के वास्तवमा योगको यति धेरै फाइदा छ, दाबी गरिँदै आएको ?

तनाव हटाउन ध्यान कत्तिको उपयोगी ?



सन् १९७१ मा अमेरिकी सेनाका जवान स्फिन इसलस भियतनाम युद्धबाट घर फर्किँदा निकै थकित थिए । युद्धले उनलाई शारीरिक र मानसिक रोगी जस्तै बनाएको थियो । इसलसलाई अनौठो बेचैनीले घेरा हाल्यो । त्यतिबेला उनको कुनै साथीले ध्यान गर्न सुझाए । ध्यानबाट उनलाई केही फाइदा पनि नभएको होइन । आज यति वर्षपछि पनि युद्धको भयानक यादले उनलाई चिमोटिरहन्छ ।

इसलस भन्छन् कि, ध्यान गर्दा धेरै हदसम्म राहत मिलेको थियो । तर, पूर्ण रुपमा तनाव भने हट्न सकेन । वास्तवमा भन्नुपर्दा यो एकखालको रोग नै हो । जसलाई ‘पोस्ट ट्रमेटिक स्ट्रेस डिसअर्डर’ भनिन्छ । यो रोगको पहिचान सन् २००० मा लस एन्जल्स मेडिकल स्टोरले गरेको थियो । भनिन्छ, धेरै प्रकारका ध्यान–साधनाले चिन्ता र तनानबाट पीडित भएका मान्छेलाई यसले राम्रो काम गर्छ ।



माइन्डफुलनेस मेडिटेशन एक प्रकारको ध्यान–साधना हो, जुन आजभोलि निकै प्रचलनमा रहेको देखिन्छ । यसले स्वास्थ्यको बजारमा बलियो पकड बनाएको छ । आज मेडिटेशन (ध्यान) करोडौं डलरको कारोबार बनेको छ । यही ध्यान–साधना अनुसार नै वर्तमान स्थितिमाथि ध्यान केन्द्रित गर्नुपर्छ । तर, यो साधनाले दिमागलाई कतिसम्म आराम मिल्छ भन्ने स्पष्ट भइसकेको छैन । जो कसैलाई पनि थाहा छ, ध्यान र साधनको प्रचलन पुरानो हो । तर, मनोवैज्ञानिक र मस्तिष्कका डक्टरले दशकौं पहिले यसमाथि अनुसन्धान थालेका थिए ।

के हो त माइन्डफुलनेस थेरापी ?

ध्यानले हरेक प्रकारका तनाव हटाउने कुरा धेरै अध्ययन र अनुसन्धानले बताएका छन् । बिमारीले औषधिमाथि कम विश्वास गर्छ । यही अनुसन्धाको आधारमा नै थेरापी सुरु भएको हो । यसैमध्येको एक थेरापी हो, माइन्डफुलनेस बेस्ट कग्नेटिभ थेरापी । यस थेरापीमा साइकोथेरापी र मेडिटेशनको सहयोगबाट बिमारीको त्यो सोचलार्य नियण्त्रण गरिन्छ, जो उसको तनावको कारण बन्छ । यद्यपि मेडिटेशनको असरमाथि मेडिकल रिसर्च जस्तै कुनै रिसर्च अहिलेसम्म हुन सकेको छैन । बरु मेडिटेशनको असरमाथि धेरै रिसर्च भए । तनावको सबैभन्दा ठूलो कारण भनेको हरबखत सोचिरहनु हो ।

धेरैजसो मान्छेहरू हर समय केही न केही सोचिरहेका हुन्छन् । पुराना कुरा सम्झेर त्यसको हिसाब किताब गर्छन् । र ‘भोलि’को विषयमा आजैदेखि चिन्ता गरिबस्छन् । अमेरिकी मनोवैज्ञानिक डेविड क्रेसवेलले एनुअल रिभ्यु अफ साइकोलोजी–२००३ मा गरिएको रिचर्सलाई आधार मान्दै भनेका छन्– ‘दिमागी आरामको सम्बन्ध हाम्रो दैनिकी जीवनसँग सम्बन्धित हुन्छ ।’ त्यसो त लगभग सबै धर्ममा मेडिटेशनबारे उल्लेख गरेको पाइन्छ । तैपनि बौद्ध धर्मसँग यसको सम्बन्ध गहिरो छ । बौद्ध धर्मका अनुसार ध्यानले हामीलाई संसारका सबै दुःखबाट स्वतन्त्र बनाएर आध्यात्मतर्फ लैजान्छ ।

ध्यानको केकति असर दिमागमा दिमागमा ध्यानको कति असर पर्छ ? दिमागका डक्टरले यसमाथि पनि रिसर्च गरेका छन् । उनीहरूका अनुसार दिमागको विकास एक निश्चित उमेरमा आएर रोकिए पनि त्यसको आकार–प्रकार र तन्त्रिकामा परिवर्तन सँधै भइरहन्छ । मानिस जसरी दिन–प्रतिदिन नयाँ प्रतिभा सिक्छ, त्यसको दिमाग पनि सोही किसिमले परिवर्तन भइरहन्छ । त्यहाँ नयाँ तन्त्रिका पनि जोडिन्छन् ।

तर, मेडिटेशनबाट भएको परिवर्तन भने कति स्थायी हुन्छन् भन्ने बताउन गाह्रो छ । जर्मनीमा टेक्निकल युनिभर्सिटी अफ म्युनिखको रिसर्चर ब्रेट्टा भन्छन्– ‘मेडिटेशन दिमागमा स्मरण गर्ने भागलाई बलियो बनाउनमा सहयोगी बन्छ ।’ प्रोसेफर किङले पोस्ट ट्रमेटिक स्ट्रेस डिसअर्डर भएका मान्छेलाई चाहिँ मेडिटेशन औषधिकै रुपमा काम गर्ने बताउँछन् । अहिलेसम्म जेजति रिसर्चका नतिजा आए, तिनको आधारमा भन्दा मेडिटेशनले तनाव मुक्त गर्नमा सहयोग गर्छ ।

-एजेन्सीकाे सहयाेगमा 

  • प्रकाशित मिति : पुस २६, २०७५ बिहीबार २२:४६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया