प्रदीप पौडेलले प्रतिनिधिसभा निर्वाचनमा तनहुँ २ मा उम्मेदवारी दिने

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले अब हुने प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर २ बाट उम्मेदवार दिने भएका छन् । उनले आफूले तनहुँबाट उम्मेदवारी दिने तयारी गरेको बताएका हुन् । 

स्थानीय तह निर्वाचनको अनुगमन, मूल्यांकन तथा सुपरीवेक्षण गर्न बनेको उपसमितिका संयोजक समेत रहेका पौडेलले बिहीबार एक पत्रकार सम्मेलनमा भने, ‘तनहुँ २ बाट उम्मेदवार हुने तयारी गरेको छु ।’ 

तनहुँमा कांग्रेसका धेरै नेता भएकाले आफूलाई पार्टीले अन्यत्र जिल्लामा पठाए पनि आफू तयार रहेको उनले बताएका छन् । 

पौडेलले तनहुँमा धेरै कांग्रेस नेता भएकाले पार्टीलाई टिकट दिन समस्या भएमा आफूले काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिनसमेत तयारी गरेका छन् । 

यसअघि तनहुँ २ कबाट पौडेल प्रदेश सभामा उम्मेदवार भएका थिए । त्यति बेला उनी नेकपा माओवादी केन्द्रकी उम्मेदवार आशा कोइरालासँग ५ मतले पराजित भएका थिए । 

तनहुँ २ बाट चाहिँ कांग्रेसका शंकर भण्डारी पराजित भएका थिए । 



अब हुने निर्वाचनमा भण्डारीले तनहुँ १ बाट उम्मेदवारी दिने तयारी गरेका छन् । 




  • प्रकाशित मिति : जेठ २६, २०७९ बिहीबार १७:३१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया