प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीसँग मेयर शाहको यो दोस्रो भेट हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले महानगरपालिका प्रमुख साहसँग छलफल गरेका हुन् । दुईजनाबीचको भेट काठमाडौंको फोहर व्यवस्थापनका विषयमा केन्द्रित भएको थियो ।
प्रधानमन्त्री देउवाले मेयर साहलाई फोहर व्यवस्थापनमा जुट्न आग्रह गर्दै आवश्यक सहयोगका लागि आफू तयार रहेको बताए।
स्थानीयसँग सहमति गरेर अघि बढ्न र सरकारले गर्नुपर्ने कुरामा पछि नहट्ने बताउँदै देउवाले यसबारे विभागीय मन्त्रीलाई निर्देशन दिने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।