बजेटले स्वदेशी उद्योग धरासायी हुने अवस्थामा पुग्ने भन्दै आन्दोलित बनेका पूर्वका उद्योगी/व्यवसायीलाई अर्थमन्त्री जनार्दन शर्माले काठमाडौं बोलाएका छन् ।
अर्थमन्त्री शर्माले मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश १ को टोलीलाई वार्ताका लागि काठमाडौं बोलाएका हुन् ।
मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले अर्थमन्त्री शर्माले शुक्रबार अर्थमन्त्रालयमा वार्ताका लागि बोलाएको जानकारी दिए । उनले मन्त्री शर्माले उद्योगहरुको संरक्षणका लागि सकारात्मक कदम चाल्ने विश्वास व्यक्त गरे ।
नेपाल सरकारले जारी गरेको आर्थिक विधेयक ०७९–०८० मा ल्याइएको ई–बिलिङको कारोवारको दायरा, मुलुकका जिआई वायर, वनस्पति घिउतेल, सेनिटरी प्याडलगायत स्वदेशी उद्योग धरासायी हुने गरी नीति ल्याइएको भन्दै मोरङका उद्योगी, व्यवसायी र मजदुर आन्दोलित बनेका छन् ।
उनीहरुले सोमबार सरकारविरुद्ध प्रदर्शन गर्दै करिब दुई घण्टा सडक अवरुद्ध पारेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।