कसरी खोलिन्छ स्विस बैंकमा खाता ?

केही अघिसम्म नेपाली राजनीतिमा नेताहरुले एकअर्कालाई आरोप लगाउने गरेका थिए– उहाँले स्विस बैंकमा खाता खोलेर पैसा राख्नु भएको छ। विशेषगरि विश्वभरका कालोधन हुनेहरुले स्विस बैंकमा पैसा राख्छन् भन्ने मान्यता छ । तर, स्विस बैंकमा पैसा राख्न वा खाता खोल्न सजिलो भने छैन ।

स्विस बैंकमा खाता खोल्न कम्तिमा पनि एक करोड आठ लाख नेपाली रुपैयाँभन्दा धेरै पैसा चाहिन्छ । बैंकले रेकर्डका लागि निकै धेरै कागजात पनि मागको हुन्छ । यसमा राहदानीको वास्तविक कपीलगायतका कागजात हुन्छन् । यो बैंकबाट कारोबार गर्दा ग्राहकले आफ्नो नाम होइन, आफूलाई दिइएको नम्बर आइडीको प्रयोग गर्छन् । त्यसलाई नम्बर एकाउन्ट भनिन्छ । यति मात्र होइन, यहाँबाट कारोबार गर्न प्रत्येक पटक खातावाला आफैं स्वयं बैंकमा उपस्थित हुनु पर्ने हुन्छ ।

यो खाता खोलेपछि बैंकलाई वर्षेनी ३२ हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ । स्विट्जरल्यान्डमा करिब ४ सय बैंक छन् । यी कुनै पनि बैंकले त्यहाँ खाता खोल्नेबारे जानकारी दिँदैनन् । त्यसैले पनि कालो धन हुनेहरुले स्विट्जरल्यान्डका बैंकमा खाता खोल्न प्राथमिकता दिन्छन् ।





  • प्रकाशित मिति : पुस २७, २०७५ शुक्रबार १:५७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया