Wed, 27 Mar, 2019


ऐश्वर्या रोक्दैछिन् अभिषेकका फिल्म !
फरकधार / पुस २६, २०७५

केही पहिले बलिउडमा निकै चर्चामा थियो एउटा समाचार– सोनाली बोसले अभिषेक बच्चन र प्रियंका चोपडालाई लिएर फिल्म बनाउने । यो फिल्म मोटिभेसनल स्पिकर आयशा चौधरीको जीवनमा आधारित हुनसक्ने बताइएको थियो ।

तर, तत्कालै अर्को समाचारले बलिउडमा चर्चा पायो– ऐश्वर्या राय बच्चनले पति अभिषेकलाई यो फिल्म नगर्न सुझाव दिइन् ।

अभिषेकले प्रियंकासँग फिल्म नगरुन् भन्ने चाहना राखेर अभिषेकमाथि यो प्रतिबन्ध ऐश्वर्याले लगाएको चर्चा निकै चल्यो । यो कुरा कतिसम्म चर्चाको विषय बन्यो भने ऐश्वर्याको टिमले यस विषयमा एउटा विज्ञप्ति नै निकाल्यो ।

ऐश्वर्याले यो फिल्ममा अभिषेकको भूमिका त्यति महत्वपूर्ण नहुने भएकाले यसलाई अस्वीकार गर्न सल्लाह दिएको कुरा अहिले बलिउडमा चलिरहेको छ ।



यो पनि नछुटाउनुहोस्