सलमान खानको घरअगाडि नै पुगेर गोली प्रहारबाट हत्या प्रयास

बलिउड अभिनेता सलमान खानमाथि गोली प्रहारबाट हत्या प्रयास भएको छ । भारतीय मिडियाहरुमा आएको समाचारअनुसार उनको घरअगाडि नै सार्पसुटर पुगेका थिए । 

ग्याङस्टर लरेन्स बिस्नोइका सार्पसुटर शुक्रबार मुम्बईको सलमान खानको निवासअगाडि पुगेको भारतीय मिडियाले दाबी गरेका छन् ।

उनको घरबाहिर पुगेका सार्पसुटर अन्तिम समयमा फर्किएका थिए ।

यसअघि यो समूहले नै गायक सिद्धु मुसेवालको हत्या गरेको भारतीय प्रहरीले अनुमान गरेको छ । 

यसअघि सलमान खान र उनका बाबुलाई मारिदिने धम्की दिँदै एक पत्र आएको मुम्बई प्रहरीले जनाएको थियो । तर, सलमान खानले आफूलाई कुनै खतरा नभएको बताउँदै आएका छन् ।
 





  • प्रकाशित मिति : जेठ २७, २०७९ शुक्रबार १६:२०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया