पर्सा जिससमा जसपा र एमालेको संयुक्त प्यानल विजयी

पर्साको जिल्ला समन्वय समिति (जिसस)मा जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेको संयुक्त प्यानल विजयी भएको छ । 

जिसस पर्साको शुक्रबार सम्पन्न निर्वाचनमा जसपाका निरञ्जन साह (अजय) सोनार  प्यानलसहित विजयी भएका हुन् । उनी २ मतको अन्तरले प्रमुखमा निर्वाचित भएका हुन् । 

उनले १५ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उमेदवार सरोज चौरसियाले १३ मत प्राप्त गरेका छन् ।

उपसभापतिमा एमोलका पूर्णप्रसाद कुर्मी, सदस्यमा जसपाका वैजयन्ती देवी, राजपति देवी, विनयप्रसाद कुर्मी, एमालेका श्रीकान्ती देवी, सुशीला कामी, रामप्रसाद यादव र सलिम मियाँ अन्सारी निर्वाचित भएका छन् । अरु सबैले १५ मत पाउँदा जसपाका विनयप्रसाद कुर्मीले भने १६ मत प्राप्त गरेका थिए । 

पर्साका १४ स्थानीय तहमा कांग्रेसबाट १२, एमालेबाट १०, जसपाबाट ५ र लोसपाबाट १ गरी कुल २८ प्रमुख–उपप्रमुख निर्वाचित भएका छन् ।





  • प्रकाशित मिति : जेठ २७, २०७९ शुक्रबार १७:३८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया