सेनामा समलैंगिक सम्बन्ध स्वीकार गर्न सकिँदैन: भारतीय सेना प्रमुख

एजेन्सी– भारतका सेना प्रमुख विपिन रावतले सेनामा समलिंगीय सम्बन्ध स्वीकार्य नहुने बताएका छन् । हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारमा जनरल विपिन रावतले १२ लाखको संख्यामा रहेका भारतीय सेनामा समलैंगिक सम्बन्धलाई अनुमति दिन नसकिने बताएको उल्लेख छ । 

भारतमा १५ जनवरीमा सैनिक दिवस मनाइन्छ । यसका लागि गरिएको प्रेस ब्रिफिंगमा विपिन रावतले सेनामा एलजिविटिआईको मुद्धाका लागि कुनै ठाउँ नभएको बताएका हुन् । 

गएको सेप्टेम्बरमा सर्वोच्च अदालतले भारतीय दण्ड संहिताको धारा ३७७ बाट समलैंगिक सम्बन्धलाई अपराधको श्रेणीबाट हटाउने ऐतिहासिक फैसला सुनाएको थियो ।

सर्वोच्च अदालतले यदि कोही वयस्क लेस्वियन, गे, बाइसेक्सुअल वा ट्रान्सजेण्डरबीच आपसी सहमतिमा सम्बन्ध भए त्यसलाई अपराध भन्न नसकिने उल्लेख गरेको थियो । 

समाचारका अनुसार सेना प्रमुखले सर्वोच्च अदालतलाई आफूहरु रुढीवादी भएको र पश्चिमाबाट प्रभावित नभएकाले सेनामा एलजिविटीआइ मुद्दा र एडल्ट्री जस्ता विषयका लागि कुनै स्थान नभएको प्रतिक्रिया दिएका छन् । 
 





  • प्रकाशित मिति : पुस २७, २०७५ शुक्रबार ९:५४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया