सलमानलाई मारिदिने धम्की कसले दिएको हो ?

बलिउड सुपरस्टार सलमान खानलाई मारिदिने धम्कीसहितको चिठी आएको अब मुम्बईको क्राइम ब्रान्चले नै खुलासा गरेको छ । मुम्बईको क्राइम ब्रान्चले लरेन्सनिकट सौरभ महाकालसँग यो विषयमा छलफल गर्न पुणेमा आफ्नो टिम पुगेको नै बताएको छ । 

त्यहाँको अनुसन्धानमा यो चिठी लरेन्सले नै पठाएको खुलासा भएको छ । यो कुरा आएपछि प्रहरीको ६ टिम भारतका विभिन्न ठाउँमा पुगेको बताइएकाके छ ।

समाचार एजेन्सी एएनआइको एक रिपोर्टअनुसार प्रहरीलाई मिलेको सूचनाअनुसार लरेन्सले नै सलमान खानलाई यो चिठी लेखेको हुन् । लरेन्स अहिले जेलमा छन् । तर, उनको ग्याङका तीन जनाले यो चिठी मुम्बईमा ल्याएर छोडेको बताइएको छ ।

यी तीनले चिठी छोडेपछि सौरभसँग भेटेको पनि प्रहरीले पत्ता लगाएको छ ।

यसअघि सन् २०१८ मा ग्याङस्टर लरेन्सले सलमान खानलाई जोधपुरमा मार्ने योजना बनाएको बताएका थिए ।





  • प्रकाशित मिति : जेठ २७, २०७९ शुक्रबार २०:६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया