राष्ट्रपति भण्डारीले प्रदान गरिन् जीवन विकास पुरस्कार

राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो विकासका लागि विभिन्न संस्था र व्यक्तिलाई जीवन विकास पुरस्कार, २०७७ अन्तर्गत पुरस्कार र प्रोत्साहन प्रदान गरेकी छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो । राष्ट्रपति भण्डारीले शैक्षिक संस्था विधातर्फ रिड नेपाल ललितपुर, शैक्षिक संस्था विधातर्फ कंकाली मावि चन्द्रागिरि, काठमाडौं, शिक्षक मासिक ललितपुर र नारी विकास संघ, मोरङलाई प्रोत्साहन पुरस्कार प्रदान गरेकी छन् ।

यस्तै, बाल संरक्षण संस्था, सर्लाही, जनज्योति मावि कमलामाई, सिन्धुली, आदर्श मावि, मेचीनगर, झापा, सुदर्शन सिग्देल (आजको शिक्षा साप्ताहिक) र रुवी रौनियार (नागरिक दैनिक)लाई पनि प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ ।

सामाजिक संस्थालाई तीन लाख, शैक्षिक संस्था विधातर्फ तीन लाख र पत्रकारलाई दुई लाख पुरस्कार प्रदान गरिएको छ । प्रोत्साहनतर्फ ती विधामा क्रमशः एक लाख र ५० हजार प्रदान गरिएको हो । 





  • प्रकाशित मिति : जेठ २७, २०७९ शुक्रबार २२:८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया