पेगम्बर मोहम्मद विवादः उत्तर प्रदेशमा मात्र १०९ पक्राउ

भारतको उत्तर प्रदेशमा प्रहरीले १ सय ९ जनालाई प्रदर्शनबाट पक्राउ गरेको छ । 

उनीहरु पेगम्बर मोहम्मदविरुद्धको विवादित टिप्पणीको विरोधमा प्रदर्शनमा उत्रिएका थिए । भारतमा केही दिन यता पेगम्बर मोहम्मद विवाद चर्किन थालेको छ । 

विभिन्न सहरहरुमा त्यहाँ हिंसात्मक प्रदर्शनसमेत हुन थालेका छन् । भारतको पश्चिम बंगालमा यही विषयमा भएको प्रदर्शनमा भारतीय जनता पार्टीका नेताहरुलाई पक्राउ गर्न माग गरिएको छ । उनीहरुले भारतीय जनता पार्टीका नेताहरु सवार एउटा गाडी पनि जलाएका छन् ।

यही विषयमा पछिल्लो समय बंगलादेशका विभिन्न सहरमा पनि प्रदर्शन सुरु भएका छन् ।

भारतीय जनता पार्टीकी नेता नुपूर शर्माले मोहम्मदबारे एक टिभी अन्तर्वार्तामा विवादित टिप्पणी गरेकी थिइन् । उनलाई भारतीय जनता पार्टीले कारवाही गरेर पार्टीबाट निकालिसकेको छ ।





  • प्रकाशित मिति : जेठ २८, २०७९ शनिबार १:२०:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया