गायिका अस्मिता अधिकारी र गायक मनोज खनालको स्वरमा रहेको ‘खोलीको पानी’ बोलको लोक आधुनिक गीत सार्वजनिक भएको छ । गीतमा नेपाली साहित्यका अनेक आयाममा कलम चलाउने गीतकार बिष्णु भण्डारीको शब्द र सरोज पोखरेलको संगीत छ ।
गीतलाई सुनिल परियारले एरेन्ज गरेका हुन् । समारिका ढकाल र प्रिन्स विस्वकर्माको अभिनय रहेको गीतको भिडियो साजन कट्टेलको निर्देशनमा रहेको छ। दोधारमा रहेकी आफ्नी प्रेमिका सँगको भलाकुसारीलाई गीतमा उत्कृष्ट ढंगले प्रस्तुत गरिएको छ। मौलिकतामा आधारित उक्त गीत सरोज पोखरेल नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।