दक्षिण भारतीय फिल्मका प्रख्यात अभिनेता अल्लु अर्जुन केही समययता फिल्म ‘पुष्पा’का कारण चर्चामा थिए । उनको यो फिल्मले स्वदेशमा मात्र होइन, विदेशमा पनि लोकप्रियता पाएको थियो । अहिले यिनै अर्जुन पुनः चर्चामा छन् । उनको यो चर्चा फिल्मले मात्र नभई एक विज्ञापनका कारणले हो ।
अल्लुले एक शैक्षिक संस्थानले उत्पादन गरेको विज्ञापनमा अभिनय गरेपछि विवादमा तानिएका हुन् । एक संस्थानको विशेष विज्ञापनमा अल्लुको अनुहारको प्रयोग गरी भ्रामक प्रचार गरिएको भन्दै उनलाई कारवाहीको माग गरिएको हो ।
अल्लुविरुद्ध विज्ञापनमा अभिनय गर्नका लागि र चैतन्य शैक्षिक संस्था विरुद्ध गलत सूचना दिएको भन्दै अम्बरपेट प्रहरीमा उजुरी परेको हो । आममानिसलाई गलत सूचना दिएको भन्दै अल्लु र शैक्षिक संस्थानविरुद्ध मुद्धा चलाउनुपर्ने माग गरिएको बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।